
काठमाडौँ, २९ चैत । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर (ज्ञानेन्द्र) शाही ले वास्तविक मिटरब्याजी सरकार भएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा शाहीले सरकारले पैसा थुपारेर ब्याज खाइरहेका आरोप लगाए ।
उनले दुर्गमका निर्माण ब्यवसायीहरुलाई नदिएर फिक्स डिपोजिटमा राखेर ब्याज खाइरहेको बताएका छन् ।
‘जुम्लालगायतका कर्णालीका निर्माण व्यवसायीहरु झुण्डिन तयार छन् । सरकारले मिटरब्याजीलाई कारबाही गर्छु भनिरहेको छ । वास्तविक मिटरब्याजी यो सरकार हो,’ उनले भने, ‘यसको डाटा छ, सरकारले अहिले फिक्स डिपोजिट मात्र २ खर्ब ११ अर्ब रुपैयाँ गरेको छ । निर्माण व्यवसायीलगायतलाई नदिएर सरकारले ३ खर्ब ६२ अर्ब ७७ करोड सरकारी खातामा बचत गरेको ब्याज खाइरहेको छ ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे