
काठमाडौँ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथको दर्शनका लागि आएका साधु सन्तहरुलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले शुक्रबार दक्षिणासहित बिदाइ गरेको छ।
गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधु सन्तहरुको वर्गीकरण गर्दै उनीहरुका लागि दुई सय रुपैयाँदेखि नौं हजार रुपैयाँसम्मको दक्षिणाको व्यवस्था गरिएको जानकारी दिएका छन्। उनले भने, “हामीले साधुहरुलाई विभिन्न वर्गीकरण गरेको छौं र त्यहि अनुसार दक्षिणा दिएर बिदाइ गरेका छौं।”
रेग्मीले अघि थपे कि साधु सन्तहरुको नेपाल प्रवेशपछि खाने, बस्ने र धुनीको व्यवस्था गुठी संस्थानले पुरानो प्रचलन अनुसार गर्दै आएको भए तापनि, केही वर्षदेखि कोषले पनि आधा खर्च योगदान गर्न थालेको छ। उनले भने, “शिवरात्रिको बेला सम्पूर्ण खानपान, बस्ने र धुनीको व्यवस्था गुठीले गर्दा बिदाइ गर्ने परम्परा थियो, तर अहिले कोषले पनि गुठीले दिएको आधा रकम हामी पनि दिन्छौं भनेर यो काम गर्दै आएका छौं।”
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे