
काठमाडौँ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले नेपालको पछिल्लो अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ (पूर्व ट्विटर) मा उनले हिंसात्मक घटनाप्रति दु:ख जनाउँदै हिंसा रोक्न सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन्। गुटेरसले मानव अधिकार र अन्तर्राष्ट्रिय कानूनको सम्मान गर्दै शान्तिपूर्ण तरिकाले विरोध प्रदर्शन गर्नुपर्ने बताएका छन्।
साथै, उनले नागरिकको जीवन र सम्पत्तिको रक्षा सुनिश्चित गर्न समेत आह्वान गरेका छन्। महासचिवले नेपालमा बढ्दो अस्थिरता समाधान गर्न संवादको मार्ग रोज्न आग्रह गरेका छन्।

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे