
काठमाडौं – सरकारले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७ करोड ६० लाख (करिब रु ३६ करोड ६२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।
सरकारले सार्वजनिक खर्च पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले उक्त पदबाट दिनुभएको राजीनामा स्वीकृत गरेको छ ।
यही जेठ ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो समितिको अध्यक्ष पदमा नेपाल सरकारको राजपत्रङ्कित विशिष्ट श्रेष्णीबाट अवकाश प्राप्त गर्नुभएका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे