
काठमाडौं, मङ्सिर १०।बिदेश अध्ययन गर्न जान इच्छुक बिद्यार्थीहरुलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गर्दै आइरहेको नेपाल एड्मिसन ओभर्सीजले ग्राण्ड एजुकेशन फेयर आयोजना गरेको छ।
उक्त ग्राण्ड एजुकेशन फेयरमा क्यानाडा, युके, यु एस ए, अष्ट्रेलिया र न्युजील्याण्डका युनिभर्सिटी, कलेज तथा इन्स्टिच्युटका प्रतिनिधिहरूले उक्त शैक्षिक मेला मार्फत उपस्थित बिध्यार्थीहरूलाई गुणस्तरीय शैक्षिक परामर्श प्रदान गरेका हुन्।
शैक्षिक मेलामा क्यानाडाको हम्बर इन्टरनेसनल सेन्टर, जर्ज ब्राउन कलेज, सु कलेज, फ्ल्लेमीङ कलेज, जर्जियन कलेज, क्याम्रबीएन कलेज, लास्ली कलेज र युनिभर्सिटी क्यानडा वेस्ट रहेका थिए भने अन्य राष्ट्रका युनिभर्सिटी अफ दी बेष्ट अफ इङ्ल्यान्ड, स्टडी ग्रुप, एटीएमसी रहेका थिए।
उक्त शैक्षिक मेलामा करिब तिन सय पचास बिध्यार्थीहरूले शैक्षिक परामर्श प्राप्त गरेको संस्थाका सिइओ हिमाम्सु भरतवालले जानकारी गराउनु भयो।
कार्यक्रम भ्लगर सिसन बानीयाले समेत अवलोकन गरी नया पुस्ताका लागी यस्तो फेयर उपयोगी हुने जानकारी गराउनु भयो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे