
>काठमाडौं — सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि वातावरण सहज बनाउन विभिन्न राजनीतिक दलका कार्यालयमा पुगेर अनुगमन र छलफल सुरु गरेको छ। यसक्रममा सरकारी टोलीले बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र जनमत पार्टीको कार्यालयमा पुगेर नेताहरूसँग वार्ता गर्नेछ। तालिकाअनुसार बिहान ११ बजे जनमत पार्टी, दिउँसो १ बजे राप्रपा र ३ बजे रास्वपाको कार्यालयमा अनुगमन तथा छलफल हुनेछ।
उद्योग, पर्यटन तथा कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा बनेको टोलीमा सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सहभागी छन्।
सरकारले निर्वाचनको माहोल बनाउन दलहरूसँग प्रत्यक्ष संवाद बढाएको जनाएको छ। यसअघि मंगलबार कांग्रेस, एमाले र नेकपाको कार्यालयमा पनि टोलीले भेटघाट गरेको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे