
काठमाडौँ , २२ असोज | नेपाल सरकारले इजरायलमा जारी द्वन्द्वमा परी निधन भएका नेपाली नागरिकको शव यथाशीघ्र स्वदेश ल्याउन तयारीमा रहेको बताएको छ । शव स्वदेश ल्याउन जहाज तयारी अवस्थामा राखेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
इजरायलमा जारी द्वन्द्व र यसको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्नेसमेत निर्णय गरेको छ ।
इजरायली वायुसेनाले हमासको नियन्त्रित गाजा पट्टीमा तीव्र हमला गरिरहेको छ। यस द्वन्द्वमा करिब ७०० इजरायलीको ज्यान गएको छ भने गाजामा ४०० भन्दा बढी मानिस मारिएका छन् ।
हमासको आक्रमणमा करिब ७०० इजरायलीको मृत्यु भएको छ भने इजरायलको प्रतिकारात्मक कारबाहीमा गाजामा ४०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यससँगै गाजामा करिब १२३,००० मानिस विस्थापित र आश्रयस्थलमा बसिरहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे