
काठमाडौँ – भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सरकारले केही ठेक्का तोड्नु बाध्यतामै भएको बताएका छन् । सडक बोर्ड नेपालको २३ औँ वार्षिकोत्सवमा आयोजित कार्यक्रममा मन्त्री घिसिङले वर्षौँ काम नभएका ठेक्का व्यवस्थापन गर्न र जनतालाई दुःख नपुगोस् भनेर ठेक्का तोड्नुपरेको जानकारी दिए। मन्त्री घिसिङले सबै निर्माण व्यवसायी गलत नभएको स्पष्ट पार्दै सही समयमा काम गर्ने व्यवसायीलाई सरकारले प्रोत्साहन गरिरहेको बताए। उनले भने, धेरै ठेक्का तोड्नु बाध्यता हो किनभने वर्षौंदेखि काम नगर्ने ठेक्का लिँदा जनतालाई धेरै समस्या भएको थियो।
उनले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान गर्न केही ऐन र नियमावलीमा संशोधन गर्ने तयारी भइरहेको बताए। निर्माण व्यवसायीविना देशको समग्र विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री घिसिङले उनीहरूको क्षमता विकासमा ध्यान दिन आवश्यक रहेको पनि बताए।
सडक बोर्डमार्फत कामका लागि धेरै माग आउने भए पनि कम बजेटका कारण सबै माग पूरा गर्न सकिएको छैन। उनले संघीयताको सही बुझाइ नहुँदा सडक मर्मत र अन्य काममा समस्या आएको र स्थानीय तथा प्रदेश तहका सडक मर्मतको काम पनि संघीय सरकारसँग समन्वय नगर्दा सुचारु हुन नसकेको बताए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे