
काठमाडौं । ऐतिहासिक सम्पदा, संस्कृति तथा अभिलेखको संरक्षण र प्रवर्द्धन गर्दै भावी पुस्तासम्म यसको हस्तान्तरण गर्ने उद्देश्यसहित ३०५ किलोमिटर दूरीको गोरखा–जितगढी पदयात्राको चौथो संस्करण चैत्र २७ गते गोरखाबाट सुरु भएको छ। यस पदयात्रामार्फत नेपालको ऐतिहासिक धरोहर, सांस्कृतिक पहिचान र वीरताको इतिहासलाई उजागर गर्दै जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको आयोजकले जनाएको छ।
पदयात्रा गोरखाबाट सुरु भई विभिन्न ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेका स्थल हुँदै जितगढीसम्म पुग्नेछ। सहभागीहरूले मार्गमा पर्ने सम्पदा, परम्परा र स्थानीय संस्कृतिको अवलोकन गर्दै संरक्षणको सन्देश प्रवाह गर्नेछन्।
आयोजकका अनुसार पदयात्राले राष्ट्रिय पहिचान सुदृढ गर्न, पर्यटन प्रवर्द्धन गर्न तथा युवापुस्तामा इतिहासप्रति जागरण ल्याउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे