
काठमाडौँ, २९ चैत । नेपाली बजारमा आज सुनको मूल्य पुनः बढेको छ। अघिल्लो दिनको तुलनामा शुक्रबार सुन प्रतितोला ३ हजार ९ सय रुपैयाँले महँगिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ८५ हजार रुपैयाँमा पुगेको छ। यो हालसम्मकै सबैभन्दा उच्च मूल्य हो।
सुनसँगै चाँदीको मूल्य पनि बढेको देखिएको छ। बिहीबार प्रतितोला १ हजार ९०० रुपैयाँमा रहेको चाँदी शुक्रबार प्रतितोला १ हजार ९०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। लगातार सुनचाँदीको मूल्य बढ्दै जाँदा उपभोक्ताहरूमा थप आर्थिक दबाब पर्न थालेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे