
काठमाडौँ, असोज ६। लगातार बढिरहेको सुनको मूल्यले आज नेपाली बजारमा पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज तोलामा एक हजार सात सय रूपैयाँले बढेको छ। शुक्रबार प्रतितोला एक लाख ५७ हजार एक सयमा कारोबार भएको छापावाला सुन आजका लागि एक लाख ५८ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
यस्तै चाँदीको मूल्य तोलामा पाँच रूपैयाँ बढेको छ। शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार नौ सय २० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे