
काठमाडौं, २२ जेठ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा कुनै परिवर्तन नभई यथावत् रहेको हो।
महासङ्घले जनाएअनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन मूल्य बिहीबार पनि कायम थियो।
चाँदीको मूल्य भने आज बढेको छ। तोलामा ७५ रुपैयाँले वृद्धि भई अहिले चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ५० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे