
काठमाडौँ, असार ४ । आज स्थानीय बजारमा सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रहेको छ ।
तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ४१ हजार पाँच सय कायम रहेको छ ।
यता चाँदीको मूल्य भने बढेको छ । आज चाँदी प्रतितोला हिजोको तुल्नामा १५ ले बढेर एक हजार आठ सय १५ मा कायम रहेका महासङ्घले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे