
काठमाडौँ , २८ चैत । आज सुनको मूल्यमा भारी वृद्धि भएको छ। नेपाल सुनचाँदी महासंहका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ८१ हजार १ सय रुपैयाँ रहेको छ । अघिल्लो दिनतुलनामा आज तोलामा ५ हजार ७ सय रुपैयाँ बढको हो । हिजो सुन प्रतितोला १ लाख ७५ हजार ४ सय रुपैयाँ रअेको थियो । यसअघि चैत्र २१ गते, सुनको मूल्यले प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ पुगेर नयाँ कीर्तिमान बनाएको थियो।
यता चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । महासंघका अनुसार, आज चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ, जुन बुधबारको १ हजार ८ सय ३५ रुपैयाँ भन्दा ६५ रुपैयाँ बढी हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे