काठमाडौँ, ९ असार । नेपाली बजारमा बिहिबार सुनको मूल्य २ सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रति तोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज २ सयले बढेर प्रति तोला ९७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ।
आज तेजावी सुन तोलाको ९७ हजार रुपैयाँमा कारोबार भईरहेको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५० रुपैयाँ कायम भएको छ। चाँदी प्रति तोला ५ रुपैयाँले घटेको हो। मंगलबार चाँदीको मूल्य प्रति तोला १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे