
काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार कायम भएको छ । यो मूल्य स्थानीय बजारमा कारोबार भएको हालसम्मकै उच्च हो ।
आइतवार सुनको मूल्य प्रतितोला १ लाख ८९ हजार ८ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज आइतबारकै मूल्यमा अर्थात् प्रतितोला १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे