
काठमाडौँ , १९ चैत । नेपाली बजारमा आज ९मंगलबार० पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ । चार दिनदेखि लगातार बढेको सुन आज पनि प्रतितोला १८ सय बढेर हालसम्मकै उच्च भएको हो । सोमबार प्रतितोला एक लाख ७७ हजार ९०० मा कारोबार भएको सुन आज तोलामा एक हजार ८०० ले बढेर एक लाख ७९ हजार ७०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
चाँदीको मूल्य भने स्थिर छ । आजका लागि चाँदीको मूल्य प्रतितोला रु दुई हजार ३५ निर्धारण भएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे