
काठमाडौं। साताको चौथो कारोबार दिन सुनको मूल्यमा एक्कासि तीव्र वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २,००० रुपैयाँले बढेर १ लाख ७५ हजार ४०० रुपैयाँमा पुगेको छ।
अघिल्लो दिन मंगलबार सुन प्रतितोला १ लाख ७३ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। लगातार चार दिनसम्म घटिरहेको सुनको मूल्य आज फेरि उकालो लागेपछि बजारमा हलचल देखिएको छ। व्यवसायीहरूका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको दरमा आएको वृद्धि, डलरको भाउमा भएको उतारचढाव र चाडपर्व नजिकिँदै गर्दा बढेको मागका कारण सुन महँगिएको हो।
यस्तै, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ। अहिले चाँदी प्रतितोला १ हजार ८३५ रुपैयाँमा कारोबार भइरहेको छ। सुन र चाँदी दुवैको मूल्य बढ्दा गहना खरिद गर्ने उपभोक्ताहरू अलमलमा परेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे