
काठमाडौँ , जेठ ७ । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज ( बुधबार ) सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ८०० रुपैयाँ रहेको छ । मंगलबार सुनको मूल्य एक लाख ८४ हजार ८०० रुपैयाँ रहेको थियो। आज हिजोको तुलनामा पाँच हजार रुपैयाँले बढेको हो।
यता, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ।मंगलबार एक हजार ९४० रुपैयाँमा कारोबार भएको चाँदी आज ५० रुपैयाँ बढेर प्रतितोला एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे