
काठमाडौँ । आज शुक्रबार एकैदिन सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ । बिहिबार १ लाख ९२ हजार ९ सय रुपैयाँ रहेको सुन आज एकैदिन ४ हजार २ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ९७ हजार १ सय रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यता , चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २ हजार १६५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे