
काठमाडौँ, २० बैशाख । नेपाली बजारमा सुनको मूल्य बढेको छ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ पुगेको छ ।
तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार ५० रुपैयाँ निर्धारण भएको छ।
यता, चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको हो। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय ५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे