
काठमाडौं, १९ जेठ। नेपाली बजारमा आज ९सोमबार० सुनको भाउ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८९ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ। आइतबार छापावाल सुन प्रतितोला एक लाख ८८ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।
यता, चाँदीको मूल्य पनि बढेको छ। आइतबार प्रतितोला एक हजार ९८५ रुपैयाँ रहेको चाँदी आज पाँच रुपैयाँले बढेर एक हजार ९९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे