
काठमाडौं ।नेपाली सुन बजारमा आइतबार एकैदिन १ हजार ८ सय रूपैयाँको वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज तोलाको १ लाख ९१ हजार ८ सय रूपैयाँ पुगेको छ।
यसअघि शुक्रबार छापावाला सुनको मूल्य तोलाको १ लाख ९० हजार रूपैयाँमा थियो। त्यसको तुलनामा आइतबार सुनको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको हो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा भइरहेको उतारचढाव र डलरको भाउमा देखिएको प्रभावका कारण सुनको मूल्यमा फेरि चाप परेको जनाएको छ। अन्तर्राष्ट्रिय बजारसँग सँगसँगै नेपाली बजारमा समेत सुनको मूल्य नियमित रूपमा परिवर्तन हुँदै आएको छ।
यता, चाँदीको मूल्य भने स्थिर रहेको महासंघले जनाएको छ। आइतबारको दरअनुसार चाँदी तोलामा २ हजार ५ रूपैयाँमै कायम रहेको छ।
महासंघले हरेक कारोबारी दिनका लागि अन्तर्राष्ट्रिय बजार, आयात मूल्य, भन्सार महसुल तथा स्थानीय माग आपूर्तिको समीक्षाका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
हाल नेपालमा सुनको माग उच्च रहँदै आएको छ, जसले पनि मूल्यमा चाप सिर्जना गरिरहेको व्यवसायीहरू बताउँछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे