
काठमाडौँ, जेठ २१ । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। आज सुनको मूल्यमा प्रतितोला एक हजार रुपैयाँले ओरालो लागेको छ। हिजो आइतबार प्रतितोला दुई सयले घटेको सुनको मूल्य आज प्रतितोला एक हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४१ हजार रूपैयाँ आरोबार भइरहेको छ । आइतबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार रुपैयाँमा कारोबार भएको थियो । यसैगरी तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४१ हजार तीन सयमा कारोबार भएकोमा आज एक लाख ४० हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीमा पनि प्रतितोला १५ रूपैयाँ घटेर प्रतितोला १८ सय ३५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे