
काठमाडौँ , १० वैशाख । नेपाली बजारमा बुधबार सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार तोलामा १ लाख ९७ हजार ९०० रुपैयाँ कारोबार भएको सुन आज तोलामा साढे ७ हजार रुपैयाँ घटेको हो ।
यसैबीच चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी पनि ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँ पुगेको महासंघले जानकारी गराएको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँ रहेको थियो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे