
काठमाडौँ , २२ चैत । नेपाली बजारमा शुक्रबार छापावाल सुन(चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । बिहीबार सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ पुगेको थियो।
यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको चाँदी आज शुक्रबार एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय २५ रूपैयाँ घटेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे