
काठमाडौँ, कात्तिक २७ । नेपाली बजारमा आज ९मंगलबार० सुन–चाँदीको मूल्य घटेको छ। सोमबार प्रतितोला एक हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला दुई हजार चार सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार छ सय रूपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला एक लाख ६५ हजार रूपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि घटेको छ। सोमबार प्रतितोला एक हजार नौ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी आज ३० रूपैयाँले घटेर प्रतितोला एक हजार नौ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघ जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे