
काठमाडौं, मङ्सिर १६ । आज नेपाली बजारमा सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५० हजार नौ सय रूपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज छापावाल सुन प्रतितोला चार सय रूपैयाँ घटेको हो।
यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ। शुक्रबार प्रतितोला एक हजार आठ सय ४५ रूपैयाँमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ४० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे