
काठमाडौँ , १५ चैत । आज नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रुपौँया रहेको छ । हिजो बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ७४ हजार आठ सय रहेको थियो । आज सुनको मूल्यमा प्रतितोला एक हजार चार सय रुपौँया बढेको हो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रूपैयाँ बढेको हो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे