
काठमाडौँ , १५ वैशाख । आज नेपाली बजारमा सुनको भाउघटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुन प्रतितोला १ लाख ८८ हजार ३ सय रुपैयाँ मूल्य तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ८९ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । यो मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १४ सय रुपैयाँले घटेको हो ।
यता चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ९७० मा कारोबार भइरहेको महासंहले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे