
काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई समानुपातिक सूची त्यागेर प्रत्यक्ष चुनाव लड्न सुझाव दिएका छन् । बादलले मंगलबार संघीय राजधानीमा आयोजित पार्टीको कार्यक्रममा लोकतन्त्र रक्षाका लागि आगामी चुनावमा कांग्रेस र एमाले मिलेर जानुपर्ने तर्क गरेका थिए । बादलले हिजो दिएको तर्कमो आज बाँस्कोटाले यस्तो बताएका हुन् । बादल समानुपातिकको सूचीमा आदिवासी जनजातिबाट पहिलो नम्बरमा परेका छन् । बादलले कांग्रेस र एमालेको सहकार्यले नै देशको राष्ट्रिय स्वाधिनता र अस्तित्वलाई टिकाउन सक्ने भन्दै चुनावी गठबन्धन गर्दा आधा–आधा सिट भागबण्डा गरेर जान सकिने बताएका थिए । त्यसको एमालेकै कतिपय नेताले विरोध जनाएका छन् ।
बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘समानुपातिक कोटामा आफूलाई शक्तिशाली र लोकप्रिय ठान्ने नेता नै पटक–पटक बसेपछि यो प्रणालीको विरोध हुनु ठीक हो । अझ तिनै रुख र सूर्य मिलेर चुनावमा जानुपर्छ भन्छन् । रुख–सूर्य मिलेपछि चुनाव लडे भो त । अहिले नाम फिर्ता लिए हुन्छ पटके समानुपातिकले ।समावेशीताकै बेइजत नगर के– त्यो पनि पुरुषले ।’

सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे