
काठमाडौं – गिस्मा युनिभर्सिटी अफ अप्लाइड साइन्सले हालै एक प्रि डिपाचर सेसन आयोजना गरेको छ। यस कार्यक्रममा करिब १३० जना विद्यार्थी र साझेदारहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा गिस्मा युनिभर्सिटीका प्रतिनिधिहरू उपस्थित थिए। ग्लोबल डाइरेक्टर लैला इरफान, दक्षिण एशियाका लागि एसोसिएट डाइरेक्टर रुशिल मल्होत्रा, र बिजनेस डेभलपमेन्ट अफिसर याधव खनालले युनिभर्सिटीका विभिन्न कोर्स, सुविधाहरू, शुल्क संरचना, आवेदन प्रक्रिया, र अध्ययनपछि उपलब्ध अवसरहरूको बारेमा जानकारी प्रदान गरे।
यस अवसरमा, विभिन्न अतिथिहरूले जर्मन शैक्षिक प्रणाली, अध्ययन पश्चात उपलब्ध अवसरहरू, र नेपाली विद्यार्थीहरूलाई जर्मन शिक्षा प्रणालीका लाभ र महत्वका बारेमा आफ्ना विचारहरू व्यक्त गरे।
गिस्मा युनिभर्सिटीले नेपाली बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै, विद्यार्थीहरूलाई जर्मनीमा विश्वस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गरिरहेको छ। कार्यक्रमको सफलतासँगै, उपस्थित सबैलाई धन्यवाद दिइएको छ।
गिस्मा युनिभर्सिटीको प्रि डिपाचर सेसनले भविष्यमा जर्मन शिक्षामा रुचि राख्ने विद्यार्थीहरूलाई महत्वपूर्ण जानकारी र मार्गदर्शन प्रदान गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे