
काठमाडौं । जेन-जी आन्दोलनमा मृत्यु हुनेका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेको छ। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार पदभार ग्रहण गर्दै यो निर्णय गरेको सरकारका प्रवक्ता मुख्यसचिव एकनारायण अर्यालले जानकारी दिए।
उनका अनुसार, आन्दोलनका क्रममा मृत्यु भएकाहरूका परिवारलाई तत्काल राहतस्वरूप प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराइनेछ। साथै, घाइतेहरूको निःशुल्क उपचार गर्ने निर्णयसमेत सरकारले गरेको छ। हाल विभिन्न अस्पतालमा घाइतेहरूको उपचार सोही अनुसार भइरहेकाे जनाइएको छ।
सरकारको यो निर्णयलाई आन्दोलनमा प्रभावित परिवारका लागि राहत स्वरूपको कदमका रूपमा लिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे