
काठमाडौँ, जेठ २८ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतिोला एक लाख ९१ हजार ३०० रहेको छ । मंगलबार प्रतितोला एक लाख ९० हजार रुपैयाँ रहेको सुनको मूल्यमा एक हजार तीन सय रुपैयाँको वृद्धि भएको हो।
यता , आज चाँदीको मूल्य भने स्थिर रहेको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार एक सय ६५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे