
काठमाडौं, २२ जेठ। नेपाली बजारमा आज ९बिहीबार० पनि सुन–चाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९३ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुन प्रतितोला एक लाख ९३ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। सुनको मूल्य आज प्रतितोला पाँच सय रूपैयाँले बढेको हो।
यता, बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ।आज चाँदीको मूल्य प्रतितोला दुई हजार ७५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे