
काठमाडौं, २३ जेठ | आज नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४२ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ। हिजोको तुल्नामा आज प्रतितोला पाँच सय रूपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४२ हजार रूपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, आज बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला १८ सय ६० रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँ घटेर १८ सय २५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे