
पोखरा, ३० भाद्र । पारा ओलम्पिकमा नेपाललाई ऐतिहासिक कांस्य पदक दिलाउन सफल तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई गण्डकी सरकारले मासिक भत्ता दिने भएको छ । पलेशालाई सम्मान कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदक जिताएकी पलेशालाई मासिक भत्ता दिने घोषणा गरेका हुन्।
प्रदेश सरकारले यसअघि ओलम्पिक खेलेको गण्डकीका ९ खेलाडीलाई मासिक भत्ता स्वरूप ५ हजार दिँदै आएको छ । सोही समूहमा पलेशालाई समावेश गरिएको मुख्यमन्त्री पाण्डेले बताए।
सम्मान कार्यक्रममा पलेशालाई गण्डकी प्रदेश सरकारले एक लाख ५० हजार, पोखरा महानगरपालिकाले २ लाख २२ हजार २२२ र जिल्ला तेक्वान्दो संघ कास्कीले ५० हजार १५५ रुपैयाँ प्रदान गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे