
काठमाडौँ । नेपाली कांग्रेसले आज देशका तीन ठाउँमा ठूला चुनावी सभा गर्ने भएको छ। पार्टीका अनुसार रुपन्देहीको बुटवल, बागलुङ र कास्कीको पोखरामा विशेष चुनावी कार्यक्रम आयोजना गरिएको हो।
यी सभामा कांग्रेसका सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मा सहित अन्य शीर्ष नेताहरू सहभागी हुनेछन्। कार्यक्रमअनुसार बिहान ११ बजे बुटवलमा, दिउँसो १ बजे बागलुङमा र दिउँसो ३ बजे पोखरामा चुनावी सभा हुनेछ। सभामा नेताहरूले पार्टीको नीति, योजना र चुनावी प्रतिबद्धताबारे मतदातालाई जानकारी गराउनेछन्।
कांग्रेसले यी सभामार्फत अन्य दलका नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने कार्यक्रम पनि राखेको जनाएको छ। यसअघि सभापति थापाले सुर्खेत र बाँकेमा चुनावी सभालाई सम्बोधन गरिसकेका छन् भने अन्य नेताहरू पनि विभिन्न जिल्लामा चुनावी अभियानमा सक्रिय रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे