
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ । प्राधिकरणले नेपाल सरकारले तोकेको विशिष्ट व्यक्तिका निम्ति जोडी पाइलट अनिवार्य गरेको हो ।
प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै नेपालको आन्तरिक उडानमा रहेका हेलिकप्टरलाई अबका दिन विशिष्ट व्यक्तिको उडानमा अनिवार्य दुईजना पाइलट राख्नुपर्ने निर्णय गरिएको जनाएको छ ।
आगामी सोमबारदेखि हवाइजहाज सञ्चालक कम्पनीहरुले विमानस्थलमा जहाजलाई रात्री बिसान गरी भोलिपल्ट पहिलो उडान त्यहीँबाट गर्नुपर्नेछ । हेलिकप्टरको हकमा यो व्यवस्था भोलिदेखि नै लागू हुनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे