
काठमाडौं, वैशाख ७ – विन नेपाल लघुवित्त वित्तीय संस्थाको एफपिओ आइतबार बाँडफाँट गरिएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङको कार्यालयमा सम्पन्न बाँडफाँटमा ५,१२९ जना लगानीकर्ताले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका हुन्।
कुल १९ लाख २० हजार ९३९ जनाले आवेदन दिएकामा २,५२३ जनाको आवेदन रद्द भएको र बाँकी आवेदकलाई गोलाप्रथामा समावेश गरिएको थियो। कम्पनीले चैत २१ देखि २६ गतेसम्म एफपिओ निष्कासन गरेको थियो। बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ अनुसार स्वः पुँजी संरचनामा सर्वसाधारणको ३० प्रतिशत हिस्सेदारी सुनिश्चित गर्न कम्पनीले एफपिओ जारी गरेको हो।
कुल ५१ लाख २९ हजार २५० रुपैयाँ बराबरको ५१ हजार २९२.५ कित्ता सेयर प्रतिकित्ता १०० रुपैयाँ दरमा जारी गरिएको हो। लगानीकर्ताले कुमारी क्यापिटलको वेबसाइट वा मेरो सेयर खाताबाट बाँडफाँटको नतिजा हेर्न सक्नेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे