
काठमाडौँ , साउन २६ । इजरायली सेनाले गाजामा गरेको आक्रमणमा अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिराका चार जना पत्रकारको ज्यान गएको छ। अल जजिराले पुष्टि गरेअनुसार उनीहरू समाचार संकलनका क्रममा थिए।
मृत्यु हुनेमा वरिष्ठ संवाददाता सहित अन्य तीन जना सहकर्मी रहेका छन्। उनीहरू गाजाको मध्य भागमा रिपोर्टिङ गरिरहेका बेला इजरायली हवाई आक्रमणमा परेका थिए। दुई साता अघि इजरायली सेनाले सुरु गरेको गाजामा रहेका पत्रकार विरुद्धको अभियानको विरोध गरेका पत्रकार अल(सरिफ मारिएका हुन् । हमासका आतंकवादी सेलको प्रमुखका रुपमा सरिफले काम गरेको आरोप इजरायली सेनाले गरेको छ । पत्रकार र मानव अधिकार समूहहरूले युद्ध क्षेत्रको सुरक्षित रिपोर्टिङको माग गर्दै आएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे