
काठमाडौँ, २७ फागुन – रोल्पाका एक पूर्व वडाध्यक्ष तिर्खाबहादुर बुढाथोकीको रुसमा निधन भएको छ। सुनछहरी गाउँपालिका ५, जैमाकसलाका बुढाथोकी रुस-युक्रेन युद्धमा सहभागी भएर मृत्यु भएका हुन्। ४४ वर्षीय बुढाथोकी रुसी सेनामा कार्यरत थिए। फागुन २४ गते उनको मृत्युको खबर आएपछि परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेको छ।
बुढाथोकी २०७४ सालको स्थानीय चुनावमा नेकपा एमालेका तर्फबाट वडाध्यक्षका रूपमा निर्वाचित भएका थिए। २०७९ को निर्वाचनमा पुनः उम्मेदवार बने, तर विजय हासिल गर्न सकेनन्। परिवारका अनुसार, चुनावपछि उनी रुस गएका थिए। २०८० असोजमा उनले रुसी सेनामा भर्ती भएको जानकारी प्राप्त भएको थियो। बुढाथोकीले रुसी सेना छाडेर घर फर्कने इच्छा व्यक्त गरेका थिए। उनका परिवारमा श्रीमती, १ छोरा, १ छोरी, बुवा आमा र दाइ रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे