
श्रीलंकाका सञ्चार माध्यमहरुका अनुसार पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने भएका छ्न । आर्थिक संकटका कारण सरकारविरुद्ध प्रदर्शन र विद्रोहपछि राजापाक्षे देश छोडेर भागेका थिए ।
राष्ट्रपति भवन र राजधानीका अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि राजापाक्षे श्रीलंका एयरफोर्सको विमानको सहयोगमा माल्दिभ्स गएका थिए । माल्दिभ्सबाट उनी सिंगापुर गए र त्यहाँबाट जुलाइ १३ मा उनले राजीनामा पठाएका थिए ।
पछि उनी आश्रय खोज्दै थाइल्याण्ड गए ।हाल उनी थाइल्याण्डमै रहेका छन् । उनी शनिबार स्वदेश फर्किन सञ्चार माध्यमहरुले जनाएका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे