
एजेन्सी । पूर्व मिस अर्जेन्टिना र पूर्व मिस पोर्टो रिकोले विवाह गरेका छन् । २०२० की मिस अर्जेन्टिना मरियाना भरेला र सोही वर्षकी मिस पुर्टो रिको बनेकी फाबिओला भ्यालेन्टिनले गत अक्टोबर २८ मा विवाह गरेका हुन् ।
बुधबार बेलुका उनीहरुले इन्स्टाग्राममार्फत विवाह गरेको सार्वजनिक गरेका थिए ।सौन्दर्य प्रतियोगिताको अन्तिम १० मा स्थान बनाएका उनीहरू त्यसपछि नजिकिएका थिए । डेढ वर्षदेखि उनीहरु प्रेम सम्बन्धमा थिए ।
उनीहरुले आफूहरूले बिताएका प्रेमिल क्षणहरूको भिडिओ सेयर गर्दै विवाह गरेको जानकारी दिएका हुन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे