
काठमाडौँ — मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’लाई यौन दुर्व्यवहारको आरोपमा अदालतले थुनामा राख्न आदेश दिएको छ।
साउन ४ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो। अहिले अनुसन्धान अझै बाँकी भएकाले जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो। न्यायाधीश पिताम्बर शर्माको इजलासले गरेको आदेशपछि झालाई डिल्लीबजार कारागारमा राखिएको छ।
राजेश झा सञ्चारकर्मीसमेत हुन्। उनले मधेसवाणी नामक साप्ताहिक पत्रिका चलाउँदै आएका थिए। उनी २०७७ साल फागुन ७ गते मधेस प्रदेशको प्रमुख नियुक्त भएका थिए र करिब ६ महिनासम्म उक्त जिम्मेवारीमा थिए।
अहिले उनीमाथि लागेको यौन दुर्व्यवहार आरोपमा अनुसन्धान चलिरहेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे