
काठमाण्डौ।जापानका भूतपूर्व प्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार भएको छ । जापानको नारा शहरमा एउटा कार्यक्रममा सहभागी भइरहेको बेला आबेमाथि गोली प्रहार भएको एनएचकेले जनाएको छ ।
कार्यक्रममा बोल्दै गर्दा गोली लागेका आबे भुईंमा ढलेका थिए र उनको शरीरबाट रगत बगिरहेको थियो । आक्रमणकारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ । जापानमा यस्ता आक्रमण विरलै हुन्छन् । जापानमा पेस्तोल बोक्न प्रतिबन्ध छ । घटनाको छानविन भइरहेको प्रहरीले जनाएको छ
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे