
काठमाडौँ — नेपाली कांग्रेसका नेता तथा गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ। उहाँको आज बिहान ८ बजे चितवनस्थित आफ्नै घरमा निधन भएको हो। ७६ वर्षीय गुरुङ लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । उनी नेपाली कांग्रेस चितवनका पूर्वसभापति रहेका थिए र २०७८ साउन १२ गते गण्डकी प्रदेश प्रमुखको जिम्मेवारी पाएका थिए। चितवनको भरतपुर महानगरपालिका–२६ मा बसोबास गर्दै आउनु भएका गुरुङले नवलपरासीमा भूमि आयोगको अध्यक्ष भएर पनि काम गरेका थिए। विसं २०४६ सालको जनआन्दोलनमा पनि उनले सक्रिय भूमिका खेलेका थिए।
गुरुङका श्रीमती र एक छोरा रहेका छन् । गुरुङका दुई छोरामध्ये जेठो छोराको पहिल्यै निधन भइसकेको छ भने कान्छा छोरा हाल विदेशमा छन्। उनको अन्त्येष्टि छोराको आगमनपछि आइतबार गरिने परिवारले जानकारी दिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे