
काठमाडौँ ,२४ साउन |नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले आगामी निर्वाचनमा गठबन्धन गरेर जाने बताएका छन् । तर सिट बाँडफाँड गर्दा सबै दललाई समान ढंगले हुनुपर्ने बताएका छन् ।प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपाली चियाको गुणस्तरका बारेमा विभिन्न प्रतिवेदन पेस भइरहेकोबारे जानकारी गराउन बालुवाटार पुग्नुभएका नेता खनालले यस्तो बताएका हुन् ।उनले गठबन्धनमा सहभागी दललाई अपमान गरेमा तालमेल नहुने र वाम एकताका लागि सबैभन्दा ठूलो दलको पहल नरहेको भन्दै तत्काल कुनै पनि बृहत् वाम एकताको सम्भावना नरहेको दाबी समेत गरे ।
खनालले परराष्ट्रमन्त्री चीन भ्रमणमा जाँदा नेपालले चीनसँग गरेको बीआरआई सम्झौता र सीमा समस्या र सम्भव हुने सहमतिका बारेमा जोड दिनुपर्ने बताए ।परराष्ट्रमन्त्रीले चीन भ्रमणमा नेपालले चीनबाट लिनसक्ने सहयोगको उचित फाइदा लिनका लागि आग्रह समेत गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे