
काठमाडौँ , १८ असोज । कतारको दोहामा आयोजित एसिया कोअपरेसन डायलग ९एसिडी०को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा विभिन्न द्विपक्षीय भेटवार्तामा व्यस्त रहकी छिन । सो सम्मेलनमा एसियाली राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री र विदेशमन्त्रीको सहभागिता रहेको छ।
बिहीबार, डा राणाले किर्गीज गणतन्त्रका उपप्रधानमन्त्री एदिल बैसालभ, म्यानमारका उपप्रधानमन्त्री यु थान स्वे, र साउदी अरेबियाका युवराज फाइसल बिन फराह अल साउदसँग भेटवार्ता गरेकी छिन । साथै संयुक्त अरब इमिरेट्सका राज्यमन्त्री डा थानी अहमद अल जियोदीसँग पनि शिष्टाचार भेट भयो ।
यी भेटहरुमा आपसी हितका विविध विषय र भविष्यका सहकार्यका अवसरहरुमा छलफल भएको थियो। मन्त्री डा राणा क्यानाडा, अमेरिका र कतारका कार्यक्रमहरुमा सहभागी भएर आज स्वदेश फर्किँदै छिन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे