
काठमाडौं – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा इटालीको रोममा हुने खाद्य तथा कृषि संगठन (एफएओ)को ४४औं सम्मेलनमा सहभागी हुन शुक्रबार त्यसतर्फ प्रस्थान गरेकी छन्।
एफएओ सम्मेलन यही जुन २८ देखि जुलाई ४ सम्म हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री राणाले सम्मेलनको मुख्य सत्रसहित उच्चस्तरीय कार्यक्रमहरूलाई सम्बोधन गर्नेछिन्। उनको नेतृत्वमा गएको नेपाली प्रतिनिधिमण्डलमा अष्ट्रियाका लागि नेपाली राजदूत भरतकुमार रेग्मी र परराष्ट्र मन्त्रालयका केही कर्मचारीहरू पनि सहभागी छन्।
एफएओ सम्मेलनमा विश्वभरका मन्त्री, विज्ञ र प्रतिनिधिहरूले खाद्य सुरक्षासम्बन्धी विषयमा छलफल गर्नेछन्। मन्त्री राणाले नेपालको तर्फबाट खाद्य सुरक्षाको अवस्था, चुनौती र समाधानका उपायबारे धारणा राख्ने कार्यक्रम छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे